संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका २ बाट प्रतिबन्धित अफिमसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खाँदबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासीको क्रममा खाँदबारी २ का ६७ वर्षीय गोपाल भट्टराईले साथमा बोकेको तथा घरमा लुकाइछिपाइ राखेको २७ ग्राम ६८ मिलिग्राम अफिम बरामद गरेको हो ।
प्रतिबन्धित अफिमसहित पक्राउ परेका भट्टराईको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।




















Discussion about this post