मोरङको बिराटनगर महानगरपालिका – १७ का २८ बर्षीय सोहिल मियाँलाई गाई काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान ७ बजेको समयमा स्थानीय सौरभ मियाँको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गाईको मासु सहित मियाँलाई पक्राउ गरेको हो ।
घटनामा संग्लग्न रहेका अन्य दुई जना तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा पक्राउ परेका मियाको सम्बम्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Discussion about this post