Saturday, June 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एभरेष्ट बैंक इटहरी शाखाबाट हरायो ग्राहकको करोड बढी रकम, अप्रेशन इन्चार्ज पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०७९
in समाचार
0
एभरेष्ट बैंक इटहरी शाखाबाट हरायो ग्राहकको करोड बढी रकम, अप्रेशन इन्चार्ज पक्राउ
292
SHARES
Share on FacebookShare on Twitter

इटहरी : एभरेष्ट बैंकको इटहरी शाखाले सर्वसाधारणले बचत गरेको एक करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ। एभरेष्ट बैंकको इटहरी शाखाका एक कर्मचारीले बैंकको विभिन्न शाखामा खाता खोलेका १९ जना बचतकर्ताहरूको करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ।

बैंक खातामा जम्मा गरेको रकम झिक्न जादा बैंक कर्मचारीले खातामा पैसा छैन भन्ने जानकारी दिएपछि बचत कर्ता ठगिएको खुलासा भएको हो।

एभरेष्ट बैंकको इटहरी शाखामा कार्यरत अप्रेशन इन्चार्ज विराटनगर महानगरपालिका ८ घर भएका निरज प्रधानले १९ जना बचतकर्ताहरूको रकम अन्य ग्राहकको खातामा ४५ पटक ट्रासफर गरी ठगी गरेको पाइएको छ।

आफ्नो खातामा जम्मा गरेको रकम नभेटिएपश्चात खोजी गर्दै जाँदा प्रधानले रकम ठगी गरेको पाइएको पीडित स्याङजाकी रेखा गुरुङले बताइन्।

सुरुमा एकजना ग्राहकको रकम हराएको घटना सार्वजनिक भएको थियो। पछि अनुसन्धान गर्दै जादा बैंकबाट ठगिने ग्राहकको संख्या १९ पुगेको छ। ग्राहकहरूको बयानको आधारमा एक करोडभन्दा बढी रकम ठगी गरेको पाइएको खुलेको हो।

अप्रेशन इन्चार्ज प्रधानले आफूले चिनेजानेकाहरूको फोटो र नागरिकताको फोटोकपी मागेर एभरेष्ट बैंकमा ३२ जनाको खाता खोलेर १९ ग्राहकको रकम ट्रान्सफर गरेको बताइएको छ।

विराटनगरकी विणा कोइरालाले इन्चार्ज प्रधानले सेयरको फर्म भर्दिन्छु भन्दै आफ्नो नाममा विना जानकारी एभरेष्ट बैंकमा खाता खोली रकम ट्रान्सफर गरेको बताइन्।

उनले छिमेकीको नाताले विश्वासमा परेर फोटो र नागरिकताको फोटोकपी दिएको भए पनि उनले ठगी गर्ने उद्देश्यले उक्त काम गरेकाले आफ्नो संलग्नता नभएको बताइन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले एभरेष्ट बैंकका अप्रेशन इन्चार्ज निरज प्रधानले १९ जना ग्राहकको एक करोडभन्दा बढी रकम अन्य ग्राहकको खातामा पठाएर ठगी गरेको पाइएको बताए।

उनले ग्राहकहरूले बचत गरेको रकम ठगी गरेको उजुरीका आधारमा प्रधानलाई पक्राउ गरी उच्च अदालत विराटनगरबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको जानकारी दिए।

उजुरीकर्ता एभरेष्ट बैंक र ठगीमा परेका बचतकर्ताको बयान लिएर विस्तृत अनुसन्धानको काम भइरहेको डीएसपी राईले बताएका छन्। उनले रकम जम्म्मा भएको ३२ खातावालालाई पनि अनुसन्धानको दायरामा ल्याउने बताए।

एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले बैंक कर्मचारी प्रधानको फटाइका कारण आफ्ना ग्राहकहरूको रकम ठगी भएकोमा चिन्ता व्यक्त गरे। उनले ग्राहकको रकम हराएको घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रधानविरुद्ध बैंकले नै उजुरी दिएको बताए।

‘यो घटनामा बैंकका कुनै कमजोरी छैन। हाम्रा ग्राहकहरूले बचत गरेको रकम उहाँहरुकै खातामा सुरक्षित छ,’ उनले भने।

अधिकृत खालिङले इटहरी शाखाका बचतकर्ताहरूको हराएको सम्पूर्ण रकम बैंकले उहाँहरूकै खातामा जम्मा गरिदिएको पनि बताए। बचतकर्ताबाट ठगी गरेर अपचलन गरेको रकम भने प्रधानबाट असुल भएको छैन।

(रत्न आचार्यले लेखेको समाचार अन्नपूर्ण पोस्टबाट साभार गरिएको हो ।)

Tags: #ठगी#पक्राउएभरेष्ट बैंकपत्रपत्रिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र
समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

धरान : धरान उपमहानगरपालिका–२० स्थित सिरान सामुदायिक वन क्षेत्रबाट प्रहरीले एक सय २० किलोग्राम गाँजा बरामद गरेको छ। शुक्रबार साँझ...

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश
FEATURE BREAKING

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

विराटनगर : जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी तथा तोडफोड घटनामा अभियुक्त रहेका ताजिम अन्सारी लामो समय सम्पर्कविहीन रहेपछि शुक्रबार...

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

असार १२, २०८३
वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३
गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

असार १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३
विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

असार १२, २०८३
महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

असार १२, २०८३
वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    380 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.