पाँचथर : भारतको सिक्किमबाट सिमावर्ती चिवाभञ्ज्याङ घुम्न आएका ३४ वर्षीय केशव गुरुङको भीरबाट लडेर मृत्यु भएको छ ।
सिक्किम घर भएका गुरुङ बैशाख १ गते पाँच जना साथीहरूसँग सिमावर्ती चिवाभञ्याङ हुँदै पाँचथर घुम्न आएका थिए ।
त्यहाँबाट पैदलमार्ग भएर च्याङथापु बजार आउने क्रममा बैशाख २ गते साँझ ८ बजे मेवाखोला नजिकै भीरबाट लड्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
गुरुङ भीरबाट लडेपछि उनका साथीहरू बाटोमै सुतेको र आइतबार बिहान स्थानीयले भेटेर सोध्दा साथी हराएको बताएपछि खोजतलास गर्ने क्रममा गुरुङलाई खोलाको दहमा डुबेर मृत अवस्थामा भेटिएको पनि प्रहरी नायब उपरीक्षक खतिवडाको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post