दुहबी : सुनसरीको दुहबी नगरपालिका १ स्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आइतबार (आज) दिउँसो साढे १२ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ त २५८१ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक सुनसरीको हरिनगरा गाउँपालिका १ का २५ वर्षीय एहसान अनसारीको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
ट्याक्टर र सहचालक २३ वर्षीय नेवालाल मण्डललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।



















Discussion about this post