इनरुवा : सुनसरी सदरमुकाम इनरुवामा लघुवित्त पीडित र प्रहरीबीच झडप भएको छ ।
आइतबार (आज) लघुवित्तको ज्यादती विरुद्व प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तीनजना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गस्थित इनरुवाको बस चौकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले राजमार्गमै सुतेर यातायत ठप्प पार्न खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए ।
प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि झडप भएको बताइएको छ । झडपमा परी दुईजना प्रहरी र एक प्रदर्शनकारी महिला घाइते भएकी छन् ।
सामान्य घाइते भएका तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारपश्चात डिस्चार्ज भएका छन् । झण्डै २ सय ५० जना प्रदर्शनकारीले विरोध जनाएका थिए ।














Discussion about this post