इटहरी : मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारेस्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४७ प १६४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका पैदलयात्री बराहक्षेत्र नगरपालिका सुनसरीका ५६ वर्षीय लोकबहादुर परियारको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल र चालक सुनसरी इटहरी उपमहानगरपालिका २ का २२ वर्षीय प्रबिन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post