इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
इटहरी १२ स्थित मुख्य राजमार्गमै दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १७ प ९०४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनकुटाको साँगुरीगढी गाउँपालिका ३ बस्ने अन्दाजी ३२ वर्षीय हेमचन्द्र लिम्बू रहेका छन् । टाउकोमा चोट लागेर गम्भीर भएका उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठिानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँका ३३ वर्षीय जितेन याख्खा घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post