झापा : झापाको बुद्धशान्ति ५ शान्तिनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ ।
स्थानीय ७० बर्षीय भीमबहादुर भट्टराईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । शुक्रबार साँझ मकैबारीमा हात्ती धपाएर भट्टराई घरमा सुतेका थिए।
शुक्रबार बिहान ४ बजे पुनः हात्ती धपाउन निस्किएका भट्टराई मकैबारीमा मृत अवस्थामा फेला परेका वडाध्यक्ष डेगेन्द्र कार्कीले बताए ।
मकैबारी माडिएको र छाती र खुट्टामा चोट लागेको अवस्थामा उनको शव फेला परेको यियो। मृतकको पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post