Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सीमा विवादबारे यसो भन्छन् इटहरीका मेयर हेमकर्ण पौडेल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८०
in समाचार
0
सीमा विवादबारे यसो भन्छन् इटहरीका मेयर हेमकर्ण पौडेल
158
SHARES
Share on FacebookShare on Twitter

इटहरी : वर्षौँदेखि इटहरी क्षेत्रले भोगाधिकार गर्दै आएको इटहरी २० मा पर्ने पानीपिया क्षेत्रमा धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्राधिकार परेको भन्दै सीमा प्रारम्भको बोर्ड लगाएपछि इटहरी उपमहानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उपमहानगरका मेयर हेमकर्ण पौडेलले सीमा विवाद झिकेर द्वन्द फैलाउन खोजिएकाले संवादमा आउन आग्रह गरेका छन् । धरानका मेयर हर्क साम्पाङलाई संवादमा आउनका लागि सूचना समेत पठाइएको उनले बताए ।

बि.सं. २०१० सालभन्दा अगाडिबाट इटहरी–धरानको सीमा सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न नगरप्रमुख पौडेलले सुझाए ।

‘इटहरी र धरान दुई उपमहानगरपालिका बीचको सीमा सम्बन्धि विषयलाई लिएर विगत केहीदिन देखि भइरहेको क्रियाकलाप र गतिविधिबाट हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ मेयर पौडेलले भने, ‘आज देशको सीमाना अतिक्रमण भएको भन्ने विभिन्न माध्यमबाट आवाज उठिरहेको अवस्था छ । हामी आपसमा विभाजित भएर होइन कि, एकमत एकमाना भई देशको सीमा रक्षा गर्नुपर्नेछ ।’

सुनसरी जिल्लाका दुई उपमहानगरपालिकाको नागरिकहरूको जनस्तरमा रहेको सामाजिक, आर्थिक धार्मिक सम्बन्धलाई थप कसिलो बनाउनुपर्ने भएपनि धरान उपमहानगरले भने द्वन्द र द्वैष फैलाउन खोजेको उनको भनाइ छ ।

इटहरी र धरानका वन उपभोक्ता समितिहरूले सेउती पुललाई सीमा मानेर सोहीअनुसार वनको उपभोग, रेखदेख, संरक्षण, सम्बर्द्धन गर्दै आएको भएपनि उपमहानगरले अचानक, वार्ता र संवाद नै नगरी इटहरी क्षेत्रमा सीमा प्रारम्भको बोर्ड राख्नु अस्वभाविक भएको उननले बताए ।

‘ऐतिहासिक तथ्यलाई ख्याल गर्दै यस्ता संवेदनशील र गम्भीर विषयलाई अन्तरपालिकाको साझा समस्याहरूमा धरान नगर प्रमुखसँग बसेर छलफल गरी संवाद, सहमति र सहकार्य गर्न म तयार छु,’ उनले भने, ‘धरान र इटहरीका नागरिककाबीचमा कुनै किसिमको कलह, द्वन्द, द्वैष, बैमनश्यता, मतभेद, सिर्जना हुने गतिविधि नगर्नका निम्ति सम्बन्धित सबैमा अनुरोध गर्दछु ।’

हाल सिमा सम्बन्धि भइरहेका क्रियाकलापले दुवै पालिकाको हित नहुने हुँदा संयमता पूर्वक आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि आइतबार साँझ धरानका मेयर हर्क साम्पाङको निर्देशनमा नगर प्रहरी तथा कर्मचारीहरूले इटहरी २० को पानीपियामा सीमा प्रारम्भको बोर्ड राखेका थिए । मध्यरातमै युवासंघ इटहरीले भने उक्त बोर्ड उखेलेको छ ।

 

Tags: #इटहरी उपमहानगरपालिकासीमाहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले
विविध

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

by रासस
कार्तिक १५, २०८३
0

इलाम : अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि...

धान फल्ने खेतमा फूलखेती
विविध

धान फल्ने खेतमा फूलखेती

by रासस
कार्तिक १५, २०८३
0

भद्रपुर (झापा) : धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब ५० हजारको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

कार्तिक १५, २०८३
धान फल्ने खेतमा फूलखेती

धान फल्ने खेतमा फूलखेती

कार्तिक १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    367 shares
    Share 147 Tweet 92
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.