Wednesday, September 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सीमा विवादबारे यसो भन्छन् इटहरीका मेयर हेमकर्ण पौडेल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८०
in समाचार
0
सीमा विवादबारे यसो भन्छन् इटहरीका मेयर हेमकर्ण पौडेल
157
SHARES
Share on FacebookShare on Twitter

इटहरी : वर्षौँदेखि इटहरी क्षेत्रले भोगाधिकार गर्दै आएको इटहरी २० मा पर्ने पानीपिया क्षेत्रमा धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्राधिकार परेको भन्दै सीमा प्रारम्भको बोर्ड लगाएपछि इटहरी उपमहानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उपमहानगरका मेयर हेमकर्ण पौडेलले सीमा विवाद झिकेर द्वन्द फैलाउन खोजिएकाले संवादमा आउन आग्रह गरेका छन् । धरानका मेयर हर्क साम्पाङलाई संवादमा आउनका लागि सूचना समेत पठाइएको उनले बताए ।

बि.सं. २०१० सालभन्दा अगाडिबाट इटहरी–धरानको सीमा सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न नगरप्रमुख पौडेलले सुझाए ।

‘इटहरी र धरान दुई उपमहानगरपालिका बीचको सीमा सम्बन्धि विषयलाई लिएर विगत केहीदिन देखि भइरहेको क्रियाकलाप र गतिविधिबाट हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ मेयर पौडेलले भने, ‘आज देशको सीमाना अतिक्रमण भएको भन्ने विभिन्न माध्यमबाट आवाज उठिरहेको अवस्था छ । हामी आपसमा विभाजित भएर होइन कि, एकमत एकमाना भई देशको सीमा रक्षा गर्नुपर्नेछ ।’

सुनसरी जिल्लाका दुई उपमहानगरपालिकाको नागरिकहरूको जनस्तरमा रहेको सामाजिक, आर्थिक धार्मिक सम्बन्धलाई थप कसिलो बनाउनुपर्ने भएपनि धरान उपमहानगरले भने द्वन्द र द्वैष फैलाउन खोजेको उनको भनाइ छ ।

इटहरी र धरानका वन उपभोक्ता समितिहरूले सेउती पुललाई सीमा मानेर सोहीअनुसार वनको उपभोग, रेखदेख, संरक्षण, सम्बर्द्धन गर्दै आएको भएपनि उपमहानगरले अचानक, वार्ता र संवाद नै नगरी इटहरी क्षेत्रमा सीमा प्रारम्भको बोर्ड राख्नु अस्वभाविक भएको उननले बताए ।

‘ऐतिहासिक तथ्यलाई ख्याल गर्दै यस्ता संवेदनशील र गम्भीर विषयलाई अन्तरपालिकाको साझा समस्याहरूमा धरान नगर प्रमुखसँग बसेर छलफल गरी संवाद, सहमति र सहकार्य गर्न म तयार छु,’ उनले भने, ‘धरान र इटहरीका नागरिककाबीचमा कुनै किसिमको कलह, द्वन्द, द्वैष, बैमनश्यता, मतभेद, सिर्जना हुने गतिविधि नगर्नका निम्ति सम्बन्धित सबैमा अनुरोध गर्दछु ।’

हाल सिमा सम्बन्धि भइरहेका क्रियाकलापले दुवै पालिकाको हित नहुने हुँदा संयमता पूर्वक आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि आइतबार साँझ धरानका मेयर हर्क साम्पाङको निर्देशनमा नगर प्रहरी तथा कर्मचारीहरूले इटहरी २० को पानीपियामा सीमा प्रारम्भको बोर्ड राखेका थिए । मध्यरातमै युवासंघ इटहरीले भने उक्त बोर्ड उखेलेको छ ।

 

Tags: #इटहरी उपमहानगरपालिकासीमाहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो
FEATURE BREAKING

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनटेस्ट सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।...

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

आज तपाईंको भाग्यमा के छ? हेर्नुहोस् आजको राशिफल

भदौ ३१, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    943 shares
    Share 377 Tweet 236
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    756 shares
    Share 302 Tweet 189
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    272 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.