Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अमेरिकामा बस्दै आएका सासू–ससुरा घर आएको राति आत्महत्या, चार जनाविरुद्ध दुरुत्साहनमा उजुरी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १३, २०८०
in समाचार
0
अमेरिकामा बस्दै आएका सासू–ससुरा घर आएको राति आत्महत्या, चार जनाविरुद्ध दुरुत्साहनमा उजुरी

वर्षा सुवेदी ।

243
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरकी २७ वर्षीया वर्षा सुवेदी गत चैत २४ गते झुण्डिएको अवस्थामा फेला परिन् । झुण्डिएको अवस्थामा फेला परेपनि शंकास्पद देखिएको छ ।

श्रीमान र परिवारको मानसिक यातनाले आत्महत्या गरेको भन्दै माइती पक्षले चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् ।

वर्षाकी आमा रञ्जु सुवेदीले जिल्ला प्रहरी कार्यालय मोरङमा वर्षाका श्रीमान, ससुरा, सासू र नन्दविरुद्ध जाहेरी दिएकी हुन् ।

श्रीमान सुजनले वर्षालाई निरन्तर शारीरिक र मानसिक यातना दिएको उजुरीमा उल्लेख छ । वर्षाको अनुहार तथा शरीरमा चोटपटक र निलडाम भएको तस्वीरहरुसमेत जाहेरीमा संलग्न राखिएको छ ।

अमेरिकामा बस्दै आएका सासू–ससुरा घर आएको राति नै वर्षाले आत्महत्या गरेकी हुन् । श्रीमानले शारीरिक र मानसिक यातना दिने गरेको छेरीले सुनाएको भएपनि सामान्व विवाद भनेर आफूहले पनि वास्ता नगर्दा घटना भएको माइती पक्षको भनाई छ ।

बाबुआमा अमेरिकाबाट फर्किएपछि सुजनले गरेको व्यवहारबारे छलफल गर्ने माइती पक्षको तयारी रहेकोमा वर्षाको शव भेटिएको रञ्जुको भनाइ छ । छोरालाई लिएर सुत्ने वर्षासँग घटना भएको राति नन्द सुजाता सुतेको पाइएको छ ।

छोरालाई अर्कै कोठामा सुताएर आँफू वर्षाको साथमा रहेको र राति साढे ११ बजेसम्म कुराकानी गरेको सुजताले प्रहरीसामु बताएकी छन् ।

पति सुजनले चैत २४ बिहान साढे ८ बजेसम्म ढोका नखुलेपछि आफूले लात्तीले हानेर ढोका फुटाएको बताएका छन् । तर, बन्द रहेको भनिएको ढोकाभित्रको चुकुल जस्ताको त्यस्तै अवस्थामा रहनुलाई माइती पक्षले शंकास्पद रहेको बताएका छन् ।

मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार खाना पकाउने एलपी ग्यासको सिलिण्डरमाथि सिरानी राखेर पंखामा झुन्डिएको अवस्थामा वर्षाको शव भेटिएको थियो । सिलिण्डर भूईंमा लडेको भएपनि कोठामै सुतिरहेकी सुजाताले कुनै आवाज नसुनेको बताएकी छन् ।

प्रहरीले जाहेरी गरिएका व्यक्तिलाई उपस्थित गराई बयान लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको एसपी पोखरेलले बताए । २०७१ साल असोजमा सुजनसँग वर्षाको प्रेमविवाह भएको थियो ।

२०७२ सालसम्म सहज सम्वन्ध रहेपनि केही वर्ष अघिदेखि उनीहरु भिन्न कोठामा बस्दै आएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #आत्महत्या#विराटनगरआत्महत्या दुरुत्साहन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’
कला साहित्य

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1270 shares
    Share 508 Tweet 318
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    465 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.