इटहरी : सुनसरीको कोसी गाउँपालिका ८ सप्तकोसी पुल स्थितमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
बुधबार (आज) दिउँसो १२ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७८९४ नम्बरको बसले ठक्कर दिदाँ घाइते भएकी भारत सुपौल भीमनगर पञ्चायत घर भएकी ७ वर्षीया सोनम कुमारीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक मेचीनगर नगरपालिका १५ झापाका ४१ वर्षीय अरुण राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post