धरान बजार आजदेखि खुल्ने भएको छ ।
धरान बजार बिहान ९ देखि २ बजे सम्म खोलिने भएको हो । सुनसरी उद्योग वाणिज्य सङ्घको पहलमा बसेको बैठकले ज्येष्ठ २५ गते आइतबार (आज) बाट बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म बजार खोलिने भएको हो ।
बैठकमा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, धरान उपमहानगरपालिकाबाट लकडाउन व्यवस्थापन सम्बन्धमा गठित प्रतिवेदन समितिका संयोजक मनोजकुमार मेन्याङ्गवो, समितिका सदस्य प्रा. डा. राजेन्द्र शर्मा, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटा, निवर्तमान अध्यक्ष राजेन्द्र शाह लगायतहरूको उपस्थिती रहेको थियो ।
बैठकबाट आवश्यक सुरक्षाका मापदण्डहरू पुरा गरी दूध दही, माछा मासु, तरकारी, खाद्यान्नका पसलहरू बिहान ६ देखि १० बजेसम्म खोलिने तथा अन्य व्यावसायिक कारोबारहरू बिहान ९ देखि २ बजेसम्म खोल्न सकिने निर्णय गरेको हो ।
Discussion about this post