तरहरा : तरहरा जेसीजले मजदुर दिवसको अवसर पारेर सोमबार महिलाहरूको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
सोमबार इटहरी २० स्थित अभियान नेपालमा आयोजित शिविरमा यहाँका एक सय महिलाहरूले स्वास्थ्य जाँच गराएका थिए । बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा महिलाहरूको पाठेघरको जाँच गरिएको हो ।
इटहरी उपमहानगरपालिका वडा न २० का वडाध्यक्ष मणिराम श्रेष्ठ प्रमुख अतिथि थिए ।
उनले गाउँघरमा रहेका महिलाहरू रोग लुकाएर बस्न बाध्य रहेको समयमा जेसीजले शिविर राख्नु सकारात्मक रहेको बताए ।
सोनिया बस्नेतको संयोजकत्वमा भएको कार्यक्रममा तरहरा स्वास्थ केन्द्र (सामुदायिक) ले सहजीकरण गरेको थियो ।












Discussion about this post