रामधुनी : सुनसरीको रामधुनी नगरपालिका ५ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
कोठाभाडामा बस्दै आएकी २४ वर्षीय उर्मीला चौधरी र उनका श्रीमान सुदेश राईले औषधि बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूको कोठामा खानतलासी गर्दा चौधरीलाई विभिन्न कम्पनीका औषधि, ४ हजार ४ सय २० गोटी र नगद २६ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित औषधिसहित पक्राउ परेकी चौधरीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राईको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post