मोरङ : मोरङमा आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने गोविन्दप्रसाद नेपालले बैशाख १४ गते आफ्नै शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो लगाएर आत्महत्या गरेका थिए ।
आत्मदाह गरेर घाइते भएका उनको उपचारको क्रममा बैशाख १५ गते मृत्यु भएको थियो । उनको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालका अनुसार विराटनगर महानगरपालिका ४ का ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र ३६ वर्षीय सविना पोखरेललाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये पोखरेललाई घरैबाट र सविनालाई झापाको कमल गाउँपालिका वडा नं. ४ बाट मङ्गलवार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले नेपालबाट पैसा सापट मागेको र नतिरेको खुलेको छ ।
पक्राउ परेका दुवैजनालाई मोरङ जिल्ला अदालतबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।














Discussion about this post