Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उदयपुरमा पाठ्यपुस्तक अभाव

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०८०
in समाचार
0
उदयपुरमा पाठ्यपुस्तक अभाव
73
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना पुग्नै लाग्दा पनि उदयपुरमा पाठ्यपुस्तक अभाव भएको छ।

जिल्ला सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका पुस्तक पसल सञ्चालकले अझै पनि विद्यार्थीलाई सबै विषयका पाठ्यपुस्तक वितरण गर्न सकेका छैनन्। विद्यार्थीले पुस्तक पसलमा किन्न जाँदा केही विषयका पुस्तक अभाव रहेको जवाफ पाउँछन्।

पुस्तक पसल सञ्चालकले विद्यार्थीलाई रित्तै फर्काउने गुनासो विद्यार्थीहरूले गरेका छन्। त्रियुगा नगरपालिका-१६ सुकौराकी कक्षा १० मा अध्ययनरत पुर्णाकुमारी मगरले पुस्तक नपाएको बताइन्।

‘वैशाखको पहिलो हप्तादेखि पठनपाठन सुरु भइसकेको छ,’ उनले भनिन्, ‘गाईघाटका पुस्तक पसलमा पटक–पटक पुस्तक किन्न गए, सामाजिक अध्ययन, अंग्रेजी र नेपाली विषयका पुस्तक अझै पाएकी छैन।’

त्रियुगा नगरपालिका–५ जलजलेस्थित उदयसी स्कुलका कक्षा ९ का विद्यार्थी पंकज साहको पनि गुनासो उस्तै छ। ‘विद्यालयमा पठनपाठन सुरु भएको दुई हप्ता बितिसक्यो,’ उनले भने, ‘सबै पुस्तक नहुँदा पढ्न समस्या छ, पटक–पटक पुस्तक किन्न जाँँदा भोलि वा पर्सी आइपुग्छ भन्नुहुन्छ।’

सधैँ पुस्तक किन्न जाँदा दुःख मात्रै पाइरहेको उनको भनाइ छ। सरकारले पाठ्यपुस्तकको कुनै समस्या नहुने बताए पनि समयमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीले समस्या भोग्नु परेको त्रियुगा नमूना मावि गाईघाटका शिक्षक सञ्जय दत्तले बताए। समयमा पुस्तक वितरण हुन नसक्दा विद्यार्थीले समस्या भोग्नु परेको चौदण्डी नगरपालिका-९ जनता मावि हँडियाका अभिभावक दीपेन्द्र चौधरीले बताए।

पुस्तक पसल सञ्चालकले समयमा पुस्तक उपलब्ध गराउन नसकेको भन्दै अहिले अभिभावक तथा विद्यार्थीहरूले गुनासो गर्न थालेका छन्। नयाँ शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्न लाग्दा पनि पुस्तक पसल सञ्चालकले सबै विषयका पुस्तक विद्यार्थीलाई वितरण गर्न सकेका छैनन्।

न्यौपाने पुस्तक पसल गाईघाटका सञ्चालक विष्णु न्यौपानेले विराटनगरबाट वितरण केन्द्रले सबै पुस्तक समयमा नै पठाउन ढिलाइ गरेका कारण पुस्तकको अभाव भएको छ।

श्याम पुस्तक पसल गाईघाटका सञ्चालक श्याम साहका अनुसार वितरण केन्द्रको कारण नै सबै पुस्तक प्राप्त गर्न नसक्दा वितरणमा समस्या आएको छ। उदयपुरको कटारी, बेल्टार, गाईघाट क्षेत्रका विद्यार्थीले समयमा पुस्तक प्राप्त नभएको गुनासो गरेका छन्।

Tags: #उदयपुर#राससशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    477 shares
    Share 191 Tweet 119
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.