रामधुनी : लायन्स, लियो क्लब अफ इटहरी प्रोफेशनल तथा रोट्रयाक्ट क्लब अफ इटहरी र रोट्रयाक्ट क्लब अफ सुनसरीको संयुक्त आयोजनामा सुनसरीस्थित रामधुनी मन्दिर परिसरको सरसफाई गरेर डस्बिन हस्तान्तरण गरिएको छ ।
लायन्स क्लब अफ इटहरी प्रोफेशनलका अध्यक्ष मिसन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स जिल्ला परिषद्का एरिया चिफ निरु चौधरी, जोन चेयरपर्सन अजय अधिकारी, लियो जोन चेयरपर्सन प्रभास गौतम, लायन्स लियो सदस्य तथा रोट्रयाक्ट सदस्यहरूको उपस्थिति रहेको थियो ।
मन्दिर परिसर सरसफाई गरेपश्चात ५ थान डस्बिन हस्तान्तरण गरिएको लियो प्रभास गौतमले बताए ।
डस्बिन बुझ्दै रामधुनी मन्दिर व्यवस्थापन समितिका सदस्यहरूले धन्यवाद ज्ञापन गरेका थिए ।














Discussion about this post