झापा : झापाको दमकमा पहिचान पक्षधर र प्रहरीबीच मंगलबार साँझ झडप भएको छ ।
झडपमा परी १० जना प्रहरी र २ जना आन्दोलनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कोसी प्रदेशको नामकरण खारेजीको माग गर्दै पहिचान पक्षधरले मंगलबार साँझ दमकमा राँके जुलुस निकालेका थिए । जुलुस गणतन्त्र चोकमा पुगेपछि प्रहरीले राँको निभाउन खोज्दा झडप भएको थियो ।
जुलुसमा सहभागीहरूले प्रहरीमाथि राँको, इँटा र ढुंगा प्रहार गरेका थिए ।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले एक राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर जुलुसमा सहभागी गजेन्द्र फागो र अर्का एक जना गरी दुई जना घाइते भएका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र १९ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
घाइतेहरूको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । राँके जुलुसलाई रोक्न खोज्दा प्रदर्शनकारीहरूले प्रहरीमाथि ग्याँटिससहित ढुंगामुडा प्रहार गरेका थिए। झडपपछि दमक अशान्त बनेको छ।
कोसी प्रदेशको पुनः नामाकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको पूर्वघोषित कार्यक्रम अनुसार दमकमा राँके जुलुस प्रदर्शन गरिएको थियो ।















Discussion about this post