मोरङ : मोरङको बूढीगंगा गाउँपालिकाबाटएलईडी टेलिभिजन चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोदाम फुटाएर २१ वटा टिभी चोरी गर्ने समूहका २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
नवीन डिस्ट्रिब्यूटर्सको झ्याल फुटाएर एक महिनाअघि टिभी चोरी गरेको घटनामा संलग्न बूढीगंगा ४ का २५ वर्षीय कोसन ऋषिदेव र १८ वर्षीय सन्दीपकुमार ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूले चोरी गरेकोमध्ये १५ थान टिभी बरामद गरिएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न १ जना फरार छन् ।
प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।












Discussion about this post