धरान : सुनसरीको धरानस्थित दुई छुट्टाछुट्टै स्थानबाट दुई थान पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ डाँडा घोपाका २९ वर्षीय हुकमेन जिमी, उनका भाई २४ वर्षीय दीपक जिमी र धरान १५ का २४ वर्षीय रोहित राई रहेका छन् ।
विशेष सूचनाका आधारमा आइतबार राति कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हुकमेन जिमी र दीपक जिमीलाई उनको घरकोठाबाट नियन्त्रणमा लिएको हो ।
सोधपुछको क्रममा हुकमेन जिमीले दुई थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान दीपक जिमीलाई राख्न दिएको र १ थान रोहित राईलाई दिएको भनि बताएअनुसार घर पश्चिम रहेको सर्दुखोला नजिकको झाडीमा झोलामा लुका छिपाई राखेको नचल्ने अवस्थामा रहेको १ थान पेस्तोल प्रहरीले बरामद गरेको हो ।

यस्तै, सोही राति रोहितको घरकोठा खानतलासी गर्दा पलङको डस्ना मुनी लुकाई छिपाई राखेको अवस्थामा म्याग्जिन सहितको मेड इन इटाली लेखेको १ थान पेस्तोलसहित राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पेस्तोलसहित पक्राउ परेका तीनैजनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसान्धान भइरहेको प्रहरीले जनाको छ ।












Discussion about this post