मोरङ : मोरङ कारागारमा जेलर धुब्रप्रसाद कोइरालाको सरुवाको माग राख्दै कैदीबन्दी आन्दोलित भएका छन् ।
जेलर कोइरालाले कैदीबन्दीहरूलाई अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू सोमबार (आज)देखि आन्दोलित भएका हुन् ।
बिरामी भएर उपचारमा जान खोज्दा समेत कोइरालाले रकम माग्ने गरेको कैदीबन्दीहरूको आरोप छ । उपचारका लागि जान समेत नदिने गरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको गुनासो छ ।
उनीहरूले ‘घुस खोर, भ्रष्ट्राचारी, कमिसन खोर जेलर चाहिँदैन, उपभोग्य बस्तु खरिद गर्न चौकीदारलाई बाहिर जान दिनपर्छ, मोरङ कारागारबाट भ्रष्ट्राचार जेलरको तत्काल सरुवा गर, कारागारभित्र आउने र कारागारबाट जाने उपभोग्य बस्तुमा जेलरले कमिसन माग्न पाइँदैन, उपचार गर्न जाँदा रकम माग्न पाइँदैन, लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका छन् ।
केही दिन अगाडि १२ जना कैदीबन्दीहरूले उपचारको लागि सहजीकरण गरिदिन माग राख्दै मानव अधिकार आयोग, नेपाल पत्रकार महासङ्घ कोसी प्रदेश सहित आधा दर्जन बढी निकायमा पत्र पठाएका थिए ।














Discussion about this post