विराटनगर : विराटनगरमा बिहीबार दिउँसो एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ।
विराटनगर १५ निवासी ३२ वर्षीय राहुलकुमार रायमाथि विराटनगर १२ का दीपेन्द्र कामतले खुकुरी प्रहार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
विराटनगरको ट्राफिक चोकमा उनीमाथि खुकुरी प्रहार हुँदा हातमा चोट लागेको छ ।
घाइतेको अहिले विराट नर्सिङ होममा उपचार भइरहेको छ। उनीमाथि खुकुरी प्रहार गर्ने कामतलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका कामतबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।














Discussion about this post