इटहरी : एसियन डेभलपमेन्ट बैङ्क (एडीबी)ले नेपाललाई स्थलमार्ग विस्तार अन्तर्गत काँकडभिट्टा–लौकही सडक–खण्ड निर्माणका लागि ३० करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ।
एडीबीले जारी गरेको एक विज्ञप्तिअनुसार काँकडभिट्टाबाट भारतको लौकही जोड्न कम्तिमा ९५ किलोमिटर दूरी दुई लेन सडक–खण्ड स्तरोन्नती गरेर चार लेन बनाउने उल्लेख छ।
उक्त सडक–खण्ड जलवायु, प्रकोप निरोधक डिजाइनअनुसार उच्च तापक्रम सहज क्षमता र बाढी प्रतिरोधक सडक र पुल बनाइने पनि विज्ञप्तिमा उल्लेख छ।
एडीबीले त्यसबाहेक सात लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहयोग स्वरुप उपलब्ध गराउने द प्रिन्टले उल्लेख गरेको छ। एडीबीले समृद्ध, समावेशी, लचिलो र दिगो एसिया बनाउने लक्ष्यमा केन्द्रित भएको बताइएको छ ।














Discussion about this post