मोरङ : मोरङ कारागारका जेलर धुब्रप्रसाद कोइरालाको सरुवा भएको छ ।
कैदीबन्दीहरू लाई अनावश्यक दुःख दिने गरेको आरोप लागेको कोइरालाको जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा भएको हो ।
गृह मन्त्रालयको सचिव स्तरको निर्णयअनुसार कोइरालालाई सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा इलामा सरुवा भएका हुन् ।
उनको ठाउँमा को जेलर आउने अहिलेसम्म टुङ्गो लागेको छैन ।
बिरामी भएर उपचारमा जान खोज्दा जेलर कोइरालाले रकम माग्ने गरेको यहाँका कैदीबन्दीहरुको आरोप छ । उपचारका लागि जान समेत नदिने गरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको गुनासो छ ।
उनीहरूले केहीदिनअघि टाउकोमा कालो पट्टी बाँधेर कोइरालाविरुद्ध आन्दोलनमा उत्रिएका थिए ।।














Discussion about this post