विराटनगर : विराटनगर महानगरपालिका १८ बिराट राजाको दरबार स्थलबाट सुनसरीको बर्जुतालसम्म सञ्चालन भएको हाफ म्याराथुन दौड प्रतियोगितामा महिलातर्फको ५ किलोमिटर दौडमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छन ।
यसैगरी सशस्त्र प्रहरी बलकी सीमा थारु चौधरी दोस्रो र नेपाल प्रहरीकी तिर्सना कुमाल तेस्रो भएकी छन । पुरुष तर्फको २३ किलोमिटर दौडमा नेपाल प्रहरीका १४ जना प्रहरी कर्मचारी सहभागी भएका थिए ।
कोसी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा मोरङ जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्यको प्रमुख आतिथ्यमा सञ्चालन भएको हो ।
म्याराथुन दौड प्रतियोगितामा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादव, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, सशस्त्र प्रहरी नायव महानिरीक्षक अंजनी कुमार पोखरेल, राजमार्ग सुरक्षा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।














Discussion about this post