विराटनगर : नेपाल युनेस्को संघ संस्था तथा क्लबहरूको राष्ट्रिय महासंघले विराटनगरमा एक दिने कार्यशालाको आयोजना गरेको छ ।
शनिबार एसिया प्रसान्त क्षेत्रका उपाध्यक्ष एवं महासंघका केन्द्रीय अध्यक्ष आनन्दराज त्रिपाठीको उपस्थितिमा भएको कार्यक्रममा युनेस्कोले गर्ने काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराइयो ।
कोसी प्रदेशका विभिन्न जिल्लाका ३० जना सहभागीहरूलाई युनेस्को नेपालका प्रशिक्षकहरू पदम जोशी, युनेस्कोका उपाध्यक्ष महेश्वर शर्मा, महासचिव युवराज न्यौपाने रामनाथ मैनाली लगायले प्रशिक्षण प्रदान गरेका छन् ।
संयुक्त राष्ट्रसंघको बहुआयामिक पहलमध्ये विश्व शान्तिमा शिक्षा, विज्ञान, संस्कृति, सञ्चार र सामाजिक तथा मानवीय क्षेत्रमा अनुसन्धान, सशक्तिकरण र विकास गर्ने उद्देश्यसहित विशिष्टिकृत संस्थाका रूपमा स्थापित युनेस्कोले सामाज सेवाका क्षेत्रमा काम गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेश सभाका सदस्य केदार कार्कीले सामाजिक काम गर्नका लागि युनेस्कोले नयाँ पुस्तालाई तयार पार्नुपर्नेमा जोड दिएका छन् ।
समाजका साना साना कामले ठूलो सफलता हुने बताए । उने भने, ‘नयाँ पुस्ता जोड्नका लागि कार्यसालाले त्यसमाथि युनेस्कोले भूमिका खेलेको छ ।’
अध्यक्ष आनन्दराज त्रिपाठीले मुलुकको संस्कृति र सभ्यता जोगाउन तथा जलबायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि युनेस्कोले काम गरिरहेको बताए ।
कोसी प्रदेशका संयोजक दिवश राजवंशीले युनेस्कोलाई देशव्यापी बनाउने अभियान अन्तरगत प्रदेश अन्तरगतका जिल्लाहरूमा क्लब दर्ताको अभियानलाई तीव्रता दिने बताएका छन् ।














Discussion about this post