विराटनगर : प्रदेशको नाम खारेज गरी पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित पहिचान पक्षधरले गरेको प्रदर्शनका कारण कोसी प्रदेशसभा भवन आसपास क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदर्शन र ढुंगामुडाका कारण विराटनगरको देवकोटा चोक तनावग्रस्त बनेको हो ।
प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा गरेका छन् । बाँस, लाठी, भालालगायत घरेलु हतियारसहित आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले प्रहरीमाथि गुलेली पनि प्रहार गरेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको ढुंगा लागेर केही सुरक्षाकर्मी घाइते भएका छन् ।
घाइतेहरुको विराटनगरको कोसी, गोल्डेनलगायतका अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनकारीतर्फ पनि केही घाइते भएका छन् । उनीहरूको पूर्ण विवरण आइसकेको छैन ।
आइतबार मध्यान्हसम्ममा ३७ जना आन्दोलनकारी पक्राउ परेका थिए । दिउँसो थप पक्राउ परे पनि संख्या यकिन छैन ।













Discussion about this post