इलाम : इलामको सूर्योदय नगरपालिका १४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
वडा कार्यालय नजिकैको घर रहेको मोहन राईलाई आज (आइतबार) बिहान करेन्ट लागेको थियो । घर नजिकै काब्राको बोटमा घाँस झार्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
विद्युतको नग्न तारमा घाँसको डालाबाट ११ हजार भोल्टको करेट सर्दा रुखबाट खसेका राई गम्भीर घाइते भएका थिए ।
उपचारको क्रमममा मृत्यु भएको इलाका प्रहरी कार्यलय पशुपतिनगरका इन्स्पेक्टर सन्तोष राईले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post