Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी आएर कांग्रेस नेता डा. मीनेन्द्र रिजालको सुझाव – ‘भीडसँग जोडिएर होइन, जोगिएर काम गरौँ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १५, २०८०
in टाकुरा विशेष, समाचार
0
इटहरी आएर कांग्रेस नेता डा. मीनेन्द्र रिजालको सुझाव – ‘भीडसँग जोडिएर होइन, जोगिएर काम गरौँ’
110
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले मुख बन्द गरेर लोकतन्त्र नहुने टिप्पणी गरेका छन् ।

सोमबार नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) ले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘लोकप्रियतावादको लहडकाबीच नेपाली कांग्रेसको अबको यात्रा’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै डा. रिजालले लोकतन्त्रमा विभिन्न विचारको कदर गर्नुपर्ने तर्क गरे ।

पूर्व रक्षा तथा सूचनामन्त्री समेत भइसकेका उनी गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि विभिन्न विचार र बहसमा सहभागी हुँदै आएका छन् ।

यसैबीच सोमबार भएको विचार गोष्ठी कार्यक्रममा करिब दुई घण्टा मंतव्य दिएका उनले कार्यकर्ताहरूको सुझाव र प्रश्नको जवाफ पनि दिएका थिए ।

‘अहिलेको समाजमा रहेका निराशालाई, चाहना पूरा नभएकाहरूलाई समेटेर व्यवस्था नै उल्टाउन खोजिदैँछ,’ रिजालले भने, ‘यसका विरुद्व कांग्रेस कडा रूपमा प्रस्तुत हुन्छ ।’ उनले भीडसँग जोडिएर भन्दापनि भीडसँग जोगिएर काम गर्न सुझाव दिए ।

‘हामीलाई आजको दिनमा तत्कालको कुरा आवश्यक छ । हामीहरू मेस्सीको जस्तो आनन्दको जीवन अहिल्यै चाहियो भनिरहेका छौँ, पर्खिने कुरै छैन,’ उनले भने, ‘आज किताब पढेर होइन, किताबका पन्ना पल्टाएर विचार निर्माण गरिरहेका छौं, अबको समाजमा हामीले भीडसँग जोडिएर भीडमा म पनि छु भन्ने होइन, भीडसँग जोडिएर काम गर्न आवश्यक छ ।’

वर्तमान अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको लडहले कांग्रेस पार्टीबाट आम जनता निराश भइहाल्नुनपर्ने उनले बताए ।

उनले भने, ‘आजसम्म रास्वपाले भनेको कुरा के भने हिजोका पार्टीले चलेन मात्रै भनिरहेको छ । रास्वपाको विचार के हो थाहा छैन । आज पनि जनाधार खुम्चदै जाँदा देशभर कांग्रेस ठूलो पार्टी छ । चुनौती स्वीकारेर काम गर्नुपर्ने कुरा कांग्रेसले बुझेको छ ।’

यद्यपि, अहिलेको परिस्थितिमै मात्र पनि देश निर्माण नहुने र नेतृत्व तहले सबक सिक्न आवश्यक रहेको उनको भनाइ छ ।

‘अब आउने चुनाव सम्ममा प्रसस्तै कांग्रेस बदल्ने अवसर छ,’ उनले भने, ‘अहिलेकै नेतृत्वमा अनुभव र नयाँ प्रयोग गर्न सक्ने चाहना भएको पार्टी कांग्रेसको जस्तो कुन पार्टी छ ?’ उनले कांग्रेसमा अनुभव पनि भएका र नयाँ विचार पनि भएका व्यक्तिहरू भएका कारण पनि आगामी दिनमा सच्चिएर जाने बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले कांग्रेसभित्र पनि लोकप्रियतावादको लहड चलेको टिप्पणी गरे ।

‘लोकप्रियताको लहडमा भित्री बोतलमा लोकल रक्सी र बाहिर ब्रान्डेड टाँस भएजस्तो अवस्था छ,’ कोइरालाले भने ।

केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान केन्द्रीय सभापति राजीव ढुंगानाले अहिले जनताले कांग्रेसको कार्यशैलीमा परिवर्तनको आशा राखेको बताए ।

‘कतिपय मानिसहरू कन्टेन्ट भन्दा पनि प्रस्तुतिमा रमाउन थालेका छन् । गुदी राम्रो नभएको तर बाहिरी राम्रो हुन खोज्दा समाज अर्को खाडलमा पर्न सक्ने संकेत देखिन्छ ।’

उनले वर्तमान अवस्थामा रास्वपाले लोकप्रियतावादको नाममा आँखामा पट्टी लगाउन खोजिएको टिप्पणी गरे । कृत्रिम लोकप्रियतातर्फ

समाज उन्मुख भएकाले पनि कांग्रेस कार्यकर्ता सचेत हुनुपर्ने उनको तर्क छ ।

सुनसरी सभापति केदार भण्डारी, महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व उपसभापति विकास केसीले आम जनतामा निराशा छाएपनि यस्ता किसिमका कार्यक्रमले जनतामा कांग्रेसप्रति आशा जगाउने बताए ।

कार्यक्रममा सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवान राईले सधैंभरी एकै किसिमको कार्यक्रम भन्दा पनि फरक ढंगबाट कार्यक्रम आयोजना गरिएको बताए । ‘लोकप्रियतावादमा अगाडि बढ्दा समाज कस्तो बन्छ भन्ने चित्रण गर्न पनि यो कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने ।

कार्यक्रममा विभिन्न ठाउँबाट आएका कांग्रेस नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । सुनसरी क्षेत्र नं. २ (क) का सचिव चिन्तामणी सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Tags: #कांग्रेस#नेपाली कांग्रेसटाकुरा विशेषडा. मीनेन्द्र रिजाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.