Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बजेट भाषण : प्रोत्साहन भत्ता तथा अतिरिक्त भत्ता खारेज, सवारी साधन खरिद नगर्ने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १५, २०८०
in समाचार
0
90
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं : अर्थमन्त्री डा.प्रकाश शरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको बताएका छन्। उनले संसद्मा बजेट अगामी आर्थिक बर्षको बजेट वक्तव्य मार्फत् यस्तो घोषणा गरेका हुन् ।

सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुका लागि नयाँ सवारी साधन र फर्निचर तथा फर्निसिङ खरिद नगरिने उनले बताए ।

आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेक नयाँ भवन निर्माण नगरिने पनि उनले बताए ।

साथै इन्धन, कार्यालयसम्बन्धी सामान लगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिने उनले उद्घोष गरेका छन् ।

नेपाल सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गरिने उनले बताए ।

सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको आधारमा इन्धन वापत नगद नै प्रदान गर्ने व्यवस्था मिलाइनेछ। सरकारी सवारी साधनको सञ्चापलन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारी साधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुष्ट रुपमा नगदै प्रदान गर्ने व्यवस्थाको शुरुवात गरिने भएको छ ।

सबै सरकारी सेवा, नियामक निकाय र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्ष नयाँ संरचना र दरबन्दी सिर्जना नगरिने भएको छ । सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरवन्दीको पुनरावलोकन गरी छरितो बनाइनेछ।

सम्बन्धित मन्त्रालय र निकायले आगामी आर्थिक वर्षको मंसिर महिना भित्र संगठन तथा व्यवस्थापन सर्भेक्षण सम्पन्न गर्नुपर्ने भएको छ ।

सरकारका नियमित संरचनाबाट सम्पादन हुने कामका लागि अलग्गै संरचना वा निकाय सिर्जना गर्न र परामर्श सेवा लिन तथा स्वीकृत दरबन्दी भन्दा बढी सङ्ख्यामा सेवा करार लिन नपाइने व्यवस्था गरेको उनले घोषणा गरे ।

सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू छ महिनाभित्र लिलाम गरिने पनि उनले वजेट वक्तव्यमा घोषणा गरेका छन् ।

Tags: #अर्थबजेटबजेट भाषण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३
FEATURE BREAKING

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

विराटनगर : सातै प्रदेशबीच विकास साझेदारी, साझा पूर्वाधार निर्माण र पारस्परिक लाभमा आधारित सहकार्यलाई संस्थागत गर्ने प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गरिएको...

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा
समाचार

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणनामा चार हजार मत गन्दा राजीव कोइरालाले २ हजार ३१२ मत प्राप्त गरेका...

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

भोजपुरमा भरुवा बन्दुक बरामद

अशोज २८, २०८३
परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३
विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.