इटहरी : कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस सोसाइटीको सहकार्यमा प्रदेश स्तरीय विपद् प्रतिकार्य संयुक्त अभ्यास सम्पन्न भएको छ ।
सप्तकोसी नदीमा मंगलबार (आज) बिहान भएको संयुक्त अभ्यासमा बाढीको समयमा हुनसक्ने मानवीय जोखिम न्यूनीकरण तथा उद्धार सम्बन्धी अभ्यासहरू भएका थिए ।

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अभ्यास कार्यक्रममा प्रदेशका सुरक्षा निकायका प्रमुखहरू, मोरङ, सुनसरी र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू लगायतले अवलोकन गरेका थिए ।














Discussion about this post