भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका १ को जोगीखेतमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
नागथानबाट हर्कातर्फ जाँदै गरेको को १ त ९०४२ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भइ ट्याक्टरले चालकलाई किच्दा चालक हतुवागढी गाउँपालिका ६ का २२ बवर्षीय बलराम बिकको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।













Discussion about this post