धनकुटा : धनकुटाको शहीदभूमि गाउँपालिका १ मा जङ्गली च्याउ सेवनबाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४० वर्षीय मुना राई र उनका ६ वर्षीय छोरा सचिन राई रहेका छन् ।
विषालु जङ्गली च्याउको सेवन गरेका कारण बिरामी परेपछि दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आमा राईको बिहीबार राति र छोरा सचिनको शुक्रवार राति धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
जेठ १५ गते सोमवार बेलुकी उनीहरूको परिवारले च्याउ सेवन गरेको थियो ।
छिमेकीले जंगलबाट ल्याएको विषाक्त च्याउ पकाएर खाएपछि मृतक मुनासहित उनका श्रीमान् वर्ष ३९ का एमजित राई र ६ वर्षका छोरा सचिन राई बिरामी परेका थिए ।
चार जनाको परिवार रहेको मुनाका श्रीमान र २ वर्षकी कान्छी छोरी भने खतरामुक्त छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post