Monday, October 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

काँकडभिट्टामा भारु नोट टहीमा समस्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८०
in समाचार
0
काँकडभिट्टामा भारु नोट टहीमा समस्या

सांकेतिक तस्वीर ।

86
SHARES
Share on FacebookShare on Twitter

झापा : पूर्वीनाका काँकडभिट्टामा भारतीय रुपैयाँ (भारु) नोट टहीमा समस्या देखिएको छ।

भारु २ हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो। १ साताअघि भारतको केन्द्रीय बैंकले भारु २ हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो।

यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन्। पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णु श्रेष्ठले काँकडभिट्टामा भारुको कारोबार हुन छाडेको र मनी एक्सचेञ्जरले पनि भारु साट्दा अतिरिक्त कमिसन असुल्न थालेको बताए।

भारु १ लाख सटही गर्दा ४ हजार कमिसन दिनुपरेको उनको भनाइ छ।

काँकडभिट्टाबाट छुट्ने लामो तथा छोटो दूरीको यातायात सेवा प्रदान गर्दै आएका भाडाका बस, माइक्रो तथा साना गाडीमा भाडा तिर्दा भारु नोट नदिनुहोला भन्ने सूचना टाँस्न सुरु भइसकेको उनले जनाए।।

स्थानीय पेट्रोल पम्पमा पनि भारु नोटमा भुक्तानी नलिइने सूचना टाँसिएको छ।

काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, केचना, बाहुनडाँगीलगायतका सीमानाका र बजारमा विगतमा जस्तो भारुमा लेनदेन अब हुन छाडेको छ। नेपाली व्यवसायीले सेवा तथा वस्तुको भुक्तानी लिँदा र दिँदा भारु नोट लिन छाडेका छन्।

भारतबाट लुकीछिपी ठूलो मात्रामा भारुका नोट नेपाल भित्रिएको र नेपाली बजार चर्को आर्थिकमन्दीको मारमा रहेको कारण बिक्री घट्दा बजारमा भारुको सटहीमा समस्या उत्पन्न भएको सटहीको अनुमति प्राप्त मनी एक्सचेन्जर व्यवसायी बताउँछन्।

मेची मनी एक्सचेन्जर व्यवसायी संघका अध्यक्ष विष्णु मैनालीले बजारमा भारु नोट छ्याप्छ्याप्ती भएको जनाउँदै सटहीका लागि व्यवसायीसँग पर्याप्त नेपाली रुपैयाँ नभएको जनाए।

‘भारु सटही हुनछाडेको भन्ने हल्ला मैले पनि सुनेको छु, तथापि सटही नै बन्द भएको वा भारु चल्नै छाडेको भन्ने कुरा सत्य होइन,’ संघका अध्यक्ष मैनालीले भने, ‘बोर्डरमा जोसँग पनि भारु नोट हुन्छ। नेपालमा व्यवसाय मन्दीका कारण ठप्पजस्तै छ। यस्तो बेला भारु किन्न आउने कोही छैनन्। भारु बेच्ने धेरै भए, किन्ने नहुँदा समस्या देखिएको मात्र हो।’

काँकडभिट्टामै ३२ वटा अनुमति प्राप्त मनी एक्सचेञ्जर व्यवसायी भएको जनाउँदै नेपाल राष्ट्र बैंकले तोकेको सटही दरभन्दा तलमाथि गरेर कसैले पनि कारोबार गर्न नहुने उनले बताए।

आर्थिक मन्दीका कारण मनी एक्सचेन्जर व्यवसाय संकटबाट गुज्रिरहेको र कतिपय व्यवसायी पलायनको अवस्थामा पुगिसकेको अध्यक्ष मैनालीले जानकारी दिए।

भारु नोट सटहीमा कठिनाइ हुँदा भारतमा रोजगार गरेर फर्कने नेपाली सीमा क्षेत्रमा सकसमा परेका छन्। भारतको सिलगुडी, सिक्किम, मेघालय, मुम्बई, कोलकाता, केरला र चेन्नईमा रोजगारी गर्ने नेपाली काँकडभिट्टा नाका भएर स्वदेश फर्कंने गर्छन्।

एउटा होटलको सहयोगमा प्रतिहजार ४० रुपैयाँका दरले बट्टा दिएर मनी एक्सचेञ्जरबाट मुस्किलले भारु सटही गरेको मेघालयबाट फर्केका दैलेख दुल्लुक किसन शाहीले बताए।

भारतको आसाम, पश्चिम बंगाल, सिक्किम र बिहारबाट झापाको आँखा अस्पतालमा ठूलो संख्यामा आउने भारतीयले उपचार खर्च भारुमै दिँदै आएका छन्। काँकडभिट्टा क्षेत्रमा क्यासिनो व्यवसायमार्फत पनि ठूलो मात्रामा भारु नोट नेपाल भित्रिने गरेको छ।

Tags: #झापा#राससभारतीय नोटसमस्या
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

    196 shares
    Share 78 Tweet 49

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.