Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

समपूरक अनुदान : झापासहित कोसीका सात सडकको स्तरोन्नति

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८०
in समाचार
0
समपूरक अनुदान : झापासहित कोसीका सात सडकको स्तरोन्नति
75
SHARES
Share on FacebookShare on Twitter

झापा : झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु १९ करोड बजेट विनियोजन गरिएको छ ।

समपूरक अनुदानतर्फ कोशी प्रदेश सरकारमार्फत निर्माण गरिने सडकका लागि नेपाल सरकार राष्ट्रिय योजना आयोगले सडकको स्तरोन्नतिका लागि सो रकम विनियोजन गरेको हो ।

क्रमागत योजनामा राखेर आर्थिक वर्ष २०८०/८१ मा सो सडकलाई स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ । सडक दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

नालासहित ५० फिट चौडाइ रहने सडकको स्तरोन्नतिका लागि यसअघि तत्कालीन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । दुई चरणमा निर्माण गरिने सडकको अहिले स्तरोन्नति कार्य जारी छ ।

पहिलो खण्ड झन्डै आठ किलोमिटरको सडकको स्तरोन्नति भएको छ । सो सडकको स्तरोन्नति कनकाई आशिष जेभी र दोस्रो खण्ड १८ किलोमिटर सडकको स्तरोन्नतिका लागि  तुँदी–रोशन–मैनाचुली जेभीले तीन वर्षभित्रमा काम सक्ने गरी सम्झौता गरेको थियो ।

झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण सम्पन्न भएसँगै कुमरखोद नाका हुँदै भारतीय बजार दिघल बैंकसम्मको आवागमन सहज हुने विश्वास गरिएको छ ।

यता प्रदेश सरकारअन्तर्गत भद्रपुर–ज्यामिरगढी, धुलाबारी, गुर्जाबस्ती, मागुरमाडी, शान्तिनगर–इरौटार सडकको स्तरोन्नति गरिने भएको छ । सडक स्तरोन्नतिका लागि रु ४० करोड बजेट विनियोजन गरिएको छ ।

कोशी प्रदेशअन्तर्गत निर्माण सम्पन्न हुने सात आयोजनामध्ये दुई आयोजना झापाका हुन् । अन्य पाँच आयोजना धनकुटा र भोजपुरमा दुई/दुई रहेका छन् भने इलाममा एउटा आयोजना रहेको छ ।

भोजपुरमा सञ्चालन हुने आयोजनामध्ये मैनामैनी–हसनपुर–चुहार सडकको स्तरोन्नतिका लागि रु १२ करोड र तुर्केपुल–झ्याउपोखरी–साङपाङ हुँदै फालिदोबाटो सडकको स्तरोन्नतिका लागि रु १५ करोड बजेट विनियोजन गरिएको छ ।

धनकुटामा सञ्चालन हुने आयोजनामा हिले–उत्तरपानी–छिन्ताङ–अदुवा–त्रिवेणी सडकको स्तरोन्नतिका लागि रु १२ करोड र बिहीबारे–हटिया–कर्मिटार–बञ्चरे–ताङ्वुवा–तेलिया–परेवादिन–शुत्रलबारे सडकको स्तरोन्नतिका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको हो ।

Tags: #झापा#रासस#सडकअनुदान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    765 shares
    Share 306 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.