इटहरी : इटहरी–धरान क्षेत्रमा पर्ने चारकोसे जंगलमा पिकअपको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
इटहरी–धरान सडक खण्डमा पर्ने चारकोसे झाडीको निर्माणाधीन चाल लेन सडकमा काम गर्ने तीन मजदुरलाई शुक्रबार राति पिकअप भ्यानले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
धरान ८ शनी मन्दिर दक्षिणमा काम गर्ने रौता कन्स्ट्रक्सन कार्यरत सप्तरीको सुरुङ्गा नगरपालिका २ का १८ वर्षीय ज्योतिष सदा, विशाल सदा र सिराहाको लहान नगरपालिका १५ का १८ वर्षीय लभ सदालाई ठक्कर दिएको थियो ।
शुक्रबार राति ९ बजे खाजा खाएर फर्कने क्रममा पछाडिबाट ठक्कर दिएको त्यहाँ कार्यरत लहान नगरपालिका२ का १६ वर्षीय नारद सदाले बताएका छन् ।
पिकअपको ठक्करबाट घाइते भएका उनीहरूलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्योतिष र विशालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का घाइते लभ सदाको प्रतिष्ठानको आइसीयुमा राखेर उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ठक्कर दिने पिकआपको तत्काल पहिचान नखुलेकोले खोजी कार्य भइरहेको छ ।
दुर्घटनापछि इटहरीतर्फ फरार भएको उक्त पिकअपको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post