मोरङ : आफू बाबु बनेर अरु व्यक्तिहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा प्रहरीले मोरङको लेटाङबाट भूतपूर्व बेलायती सैनिकलाई पक्राउ गरेको छ ।
अवकाशप्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बू मंगलबार (आज) बिहान गाउँबाटै पक्राउ परेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार लिम्बूले नक्कली बाबु बनेर धेरै जनालाई नेपाली नागरिकता दिलाएको आशंका छ ।
नक्कली बाबु बनेर अरुलाई नागरिकता दिलाएको विषय बाहिरिएपछि अनुसन्धान एवं कारबाहीका लागि पक्राउ गरिएको उनी बताउँछन् ।
दाहालका अनुसार यस घटनामा लिम्बूको कुन ‘लेभल’को संलग्नता छ र उनले कति जनालाई नागरिकता दिलाएभन्ने बारेमा अनुसन्धानपछि पत्ता लाग्ने छ ।
प्रहरी स्रोतका अनुसार उनले मोरङसहित अन्य जिल्लाका व्यक्तिहरुलाई नागरिकता दिलाएको र बाबु बनेर नागरिकतामा आफूले सनाखत गरेको खुलेको छ ।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा लिम्बूलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post