विराटनगर : विराटनगरमा २० तोला सुन र ३६ तोला चाँदी चोरी गरेको आरोपमा पक्राउ परेका आरोपितहरू पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
मोरङ अदालतले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।
अदालतको आदेशबाट पक्राउ परेका विराटनगर १२ का २१ वर्षीय राजकुमार कामत, सोही ठाउँका १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास कारागार चलान भएको मोरङ अदालतले जनाएको छ ।
गत जेष्ठ ३ गते विराटनगर महानगरपालिका वडा नं. ३ पीपल चौकस्थित जय किशोर चौधरीको घरबाट २० तोला सुन (अन्दाजी मूल्य २० लाख) र ३६ केजी चाँदी (अन्दाजी मूल्य ४१ लाख) गरी जम्मा ६१ लाख बराबरको सुन चाँदीका गरगहना चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए ।
सुन चाँदी चोरी गरेको एक सातापछि ११ जेठमा विराटनगर ३ बाट उनीहरूलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरूको साथबाट चोरीको चाँदीको गरगहना ३५ केजी र सुन ८ ग्राम सहित पक्राउ गरी डाका चोरी मुद्दामा अनुसन्धान गरेको थियो ।














Discussion about this post