Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा उवासंघले पसल बन्द गर्ने निर्णयविरुद्व कार्यसमितिमै असन्तुष्टि, ‘पसल बन्द गराउनु निन्दनीय’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०८०
in टाकुरा विशेष, समाचार
0
इटहरीमा उवासंघले पसल बन्द गर्ने निर्णयविरुद्व कार्यसमितिमै असन्तुष्टि, ‘पसल बन्द गराउनु निन्दनीय’
224
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आइतबार (हिजो) इटहरीस्थित विराटनगर लाइनकोशुभलक्ष्मी ज्वेलर्समा ग्लोबल आइएमई बैङ्कले व्यापारीलाई हातहतियारसहित कर्मचारी खटाएर आतंकित बनाएको भन्दै सोमबार (आज) इटहरीका सबै पसल गर्ने गरियो ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले आइतबार साँझ एक सूचना जारी गर्दै बैँकबाट अभद्र व्यवहारका कारण त्रसित भएको बन्दै संघले बन्दको आह्वान गरेका थिए ।

आर्थिक मन्दीले व्यापार व्यवसाय धराशयी भएको समयमा व्यवसायीको मनोबल गिराउने काममा बैँक सक्रिय भएको भन्दै भत्र्सना गरिएको उनले बताए ।

तर, उवासंघले व्यापार बन्द गर्ने जनाएसँगै इटहरीको मुख्य चौक आसपासका धेरैजसो व्यापारीहरूले सोमबार दिनभर सटर बन्द गरे ।

समयमै ऋण नतिरेको भन्दै बैँकले लिलामी प्रक्रिया अगाडि बढाएको र सोही क्रममा सामान जफत गर्न बैँकका गार्डसहित कर्मचारीहरूपसल पुगेका थिए ।

बैंकको इटहरी शाखाका कर्मचारीले हातहतियारसहितको प्रहरी समेत लिएर गई जबरजस्ती सुन र अन्य सरसामान जफत गर्न खोजेर व्यपारीलाई आतंकित बनाएको र गुण्डागर्दी शैलीमा बैंक प्रस्तुत भएको जनाउँदै उवासंघले व्यापार बन्द गरेको हो ।

सुन पसल संचालक राजमणी श्रेष्ठले ग्लोबल आईएमई बैंकको ऋण तिर्नका लागि अर्को एक वाणिज्य बैंकमा ऋणकै लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए । तर, बैंकका कर्मचारीहरूले गुण्डागर्दीशैलीमा सुन, बनाइएका गरगहना, पैसा र अन्य सामानहरू जबरजस्ती जफत गर्न खोजेपछि आपत्तिको विषय रहेको बताए ।

तर, उवासंघले व्यापार बन्द नभई छलफल र वार्ताको माध्यमबाट समस्या समाधानका निम्ति पहल गर्नुपर्ने व्यापारीहरूको धारणा छ ।
इटहरीकी व्यवसायी गायत्री कटवाल (भण्डारी) ले बैँकको तरिका गलत भएको बताइन् ।

उनले भनिन्, ‘बैँकले गलत तरिकाले प्रस्तुत भयो । तर, बैँकको विरुद्धमा, व्यापारीको समस्या समाधान बजार बन्द त होइन नि ।’

भोलिका दिनमा यी भन्दा ठूला र जटिल समस्या पनि आइपर्न सक्ने भन्दै उनले बजार बन्दको कुरामा असहमति जनाइन् ।

‘बजार बन्द गर्ने कुरामा मेरो सहमत छैन । बजार खोलेर विरोध गर्न सक्नुपर्यो,’ उनले भनिन्, ‘अन्यायमा परेका व्यवसायीहरूले न्याय पाउनुपर्छ । एक त बैँकको प्रक्रिया गलत छ, अर्कोतर्फ उवासंघको निर्णय ।’

बैँकविरुद्ध आन्दोलन गर्दा व्यापारीलाई समस्या दिने बैँकमा आर्थिक कारोबार बन्द गर्ने, खाता क्लोज गर्ने तथा बहस र छलफल गरेमा बैँक आफैँ सचेत हुने उनको तर्क छ ।

‘समस्या समाधानको विकल्प बजार बन्द मात्रै होइन । बन्द बजारलाई पनि उद्योग वाणिज्य संघले खोल्न सक्नुपर्छ,’ भण्डारीले टाकुरासँग भनिन्, ‘व्यवसाय नै ठप्प पार्नुहुँदैन । ब्याज तिर्नुपर्ने दिन आउँदैछ । अहिलेको अवस्थामा भाडा तिर्नै पनि गाह्रो छ ।’

अहिले इटहरीमा पार्किङ समस्या चौतर्फी रहँदा त्यसको निराकरणका निम्ति उवासंघ लाग्नुपर्ने उनको सुुझाव छ ।

‘बजार बन्द गर्दाको क्षतिपूर्ति कसले व्यहोर्ने ? उवासंघले इटहरी नै ठप्प पारिदिने त ?,’ उनले भनिन्, ‘हिजो खुलेको पसल आज किन बन्द भइरहेको छ भनेर खोजी गर्नुपर्छ, त्यता कसैको ध्यान नै पुुगेको छैन ।’

बैँकको प्रक्रिया गलत भएको र पसलमा आउँदा सुनचाँदी व्यवसायी संघ, उवासंघलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ । व्यापारीको समस्यामा सबै व्यापारीहरू एकजुट नै भइरहेपनि उवासंघले बजार बन्द गराएकोप्रति उनको असन्तुष्टि छ ।

कार्यसमितिमै असन्तुष्ट

उद्योग वाणिज्य संघले गरेको उक्त निर्णयमा कार्यसमिति सदस्यहरू नै असन्तुष्ट छन् । वस्तुगततर्फका सदस्य उमेश दाहाल भन्छन्, ‘उवासंघको हिजो र आजको बैठकमा नै म उपस्थित छैन, समस्या भएको अवस्थामा छलफल र वार्ताको माध्यमबाट टुंग्याउनुपर्छ ।’

यसअघिको कार्यसमितिले कहिल्यै पनि पसल बन्दको आह्वान नगर्ने र पसल नै बन्द गर्ने यो पहिलो घटना भएको उनले बताए ।

‘ठूला–ठूला बन्द र नेपाल बन्द हुँदा समेत प्रायःजसो इटहरी बन्द हुँदैनथियो,’ दाहालले भने, ‘उद्योग वाणिज्य संघले नै पसल बन्द गराएर ऐतिहासिक निर्णय ग¥यो ।’

बैँकर्सहरूसँग पटकपटक छलफल गर्ने, वार्ता गर्ने, नभए आन्दोलनको कार्यक्रमअनुरुप बैँक घेराउ गर्नुपर्ने भएपनि पसल बन्द गर्नु अत्यन्त निन्दनीय भएको उनी सुनाउँछन् ।

‘इटहरी चौकमा पसल गर्नेले दुई लाखभन्दा बढी भाडा तिरिरहेका छन्, दिनकै २० देखि ५० हजारसम्म घाटा छ,’ उनी भन्छन्, ‘आर्थिक मन्दीको समयमा यसरी पसल गर्नु कति न्यायोचित हुन्छ ?’

यता, उद्योग वाणिज्य संघ इटहरीका सदस्य ध्रुव अधिकारीले गुण्डागर्दी शैलीमा सुन लुटपाट गर्नेजस्तो शैली देखाएपछि पसल बन्द गर्न बाध्य भएको बताए ।

‘प्रक्रियागत रूपमा जानुपर्ने ठाउँमा व्यापारीलाई मानसिक तनाव दिएका कारण हामीले आज एकदिन पसल बन्द गरेका हौँ,’ अधिकारीले भने, ‘बैँकले कानुनी रूपमा प्रस्तुत हुनुपर्छ, यो हाम्रो पहिलो स्टेजको कार्यक्रम हो ।’

बैँकले व्यापारीलाई फेरि तनाव नदियोस् भन्नका निम्ति सबै पसल बन्द गरिएको उनले बताए । उनका अनुसार बैँक पनि बन्द गराउनका निम्ति इटहरीका सबैजसो बैँकमा आँफूहरू जाने उनको भनाइ छ ।

Tags: #इटहरी#उवासंघअसन्तुष्टिटाकुरा विशेषबन्द
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार
कला साहित्य

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

धरान : ३५ औँ राष्ट्रिय कविता महोत्सवको तयारीस्वरूप विमल गुरुङ स्मृति पुस्तकालयले कविहरूबाट कविता र पुस्तक आह्वान गरेको छ। आगामी कात्तिक...

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क
फाेटाे फिचर

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क । धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकता कायम राख्ने उद्देश्यका...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३
यस्तो छ प्रदेश १ सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ

महालेखाको प्रतिवेदन : कोशीमा १.०६ प्रतिशत बेरुजु, सुझाव कार्यान्वयनमा प्रदेश प्रमुखको जोड

जेष्ठ १९, २०८३
समपूरक अनुदान : झापासहित कोसीका सात सडकको स्तरोन्नति

उत्तर-दक्षिण कोशी राजमार्ग : खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत भौतिक प्रगति

जेष्ठ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

जेष्ठ १९, २०८३
मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

जेष्ठ १९, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.