मोरङ : मोरङको लेटाङका दुई घरबाट प्रहरीले शनिबार बिहान प्रतिबन्धित औषधि बरामद गरेको छ ।
प्रतिबन्धित औषधि लुकाएर एकजना पक्राउ परेका छन् । अर्का एक जना भने फरार रहेका छन् ।
इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–३ का ती घरबाट प्रतिबन्धित औषधि बरामद गरेको हो ।
नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि बरामद भएपछि लेटाङ–३ का तेजनकुमार राईलाई प्रक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
राईको घरमा ट्रामाडोल २ सय ६६ चक्की र स्पासपेन १ सय ८० चक्की बरामद भएको प्रहरीले जनाएको छ ।
लेटाङ–३ का श्यामकुमार लिम्बूको घरबाट पनि प्रहरीले प्रतिबन्धित औषधि बरामद गरेको छ ।
लुकाएर राखेको अवस्थामा ट्रामाडोल २ सय चक्की र स्पासपेन ५ सय २२ चक्की बरामद भएको हो ।
लिम्बू भने फरार रहेको प्रहरीले जनाएको छ ।













Discussion about this post