उदयपुर : उदयपुरमा विषालु सर्पको डसेर एक वृद्वाको मृत्यु भएको छ ।
मंगलबार राति विषालु सर्पले डसेर गम्भीर घाइते भएकी चौदण्डीगढी नगरपालिका ७ भुल्केकी ७२ वर्षीया जमुना घिमिरेको मृत्यु भएको हो।
सर्पले डसेको थाहा पाएपछि उपचार गर्न सदरमुकाम त्रियुगा नगरपालिका ३ भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डा परिसरमा रहेको सर्पदंश उपचार केन्द्रमा ल्याउने क्रममा बाटैमा वृद्धाको मृत्यु भएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post