इटहरी : इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति दिनुपर्ने विद्यार्थीको विवरण नबुझाउने विद्यालयहरूको नाम सार्वजनिक गरेको छ ।
दोस्रो पटक सूचना जारी गर्दा पनि विवरण बुझाउन नआउने ७५ वटा निजी विद्यालयहरूको नाम उपमहानगरपालिकाले सार्वजनिक गरेको हो ।
शिक्षा नियमावली २०५९ को नियम २५१ अनुसार जेठ २९ गते प्रथमपटक प्रकाशित सूचनाको म्याद असार ११ गते सकिएकोमा सो अवधिसम्म जम्मा १० ओटा विद्यालयले मात्र छात्रवृत्ति दिनुपर्ने विद्यार्थी सङ्ख्याको विवरण पठाएका थिए ।
सोही दिन सात दिनको म्याद राखी उपमहानगरले अर्को सूचना प्रकाशित ग¥यो ।
दोस्रो सूचनाको म्याद असार १७ गते राति १२ः०० बजे सकिए पनि विवरण भने आइनपुगेपछि उपमहानगरभरिका एक सय ३१ निजी विद्यालयमध्ये ४५ वटा विद्यालयले मात्र विवरण पेस गरेको उपमहानगरको शिक्षा शाखाले जनाएको छ ।
दोस्रोपटक सूचना प्रकाशित गर्दा पनि विवरण नपठाएपछि उपमहानगरले असार २१ गते तेस्रो तथा अन्तिम पटक सात दिनको म्याद राखी सूचना प्रकाशन गरेको छ ।
सो अवधिमा पनि विवरण नपठाउने विद्यालयउपर नगर शिक्षा समितिले आवश्यक कारबाहीको प्रकृया अगाडि बढाउने उपमहानगरले जनाएको छ ।
















Discussion about this post