इटहरी : इटहरीका तीनवटा विद्यालयलाई उपमहानगरपालिकाले पाँच लाख प्रोत्साहन पुरस्कार दिने भएको छ ।
व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेको भन्दै इटहरीका तीन विद्यालयहरूलाई पाँच लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिने भएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले नतिजामा आधारित प्रोत्साहन अनुदानवापत पाँच लाख रुपैयाँ दिने भएको हो ।
प्रोत्साहन पुरस्कार पाउने विद्यालयहरूमा जनता मावि, राष्ट्रिय मावि र सरस्वती मावि रहेका छन् ।
विभिन्न शीर्षकमा विद्यालयले पाएको अंकहरूको तुलना गरी सबैभन्दा बढी अंक पाउने तीन विद्यालयले अनुदान पाएका हुन् ।














Discussion about this post