पाँचथर : पाँचथरको फिदिम–इलाम सडक खण्डमा लोबेट ट्रेलरको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
फिदिमबाट राँकेतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४८०७ नम्बरको खाली ट्रेलरले फिदिम नगरपालिका ३ लालीखर्कमा ठक्कर दिएका यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।
ट्रेलरका चालक र सहचालक फरार रहेकाले खोजी भइरहेको प्रहरी निरीक्षक दिवस कुँवरले बताए । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post