पाँचथर : पाँचथरमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सदरमुकाम फिदिम बजार नजिकै सिवादेखि फिदिम आँउदै गरेको प्रदेश ०१-००१ स ८७०५ नम्बरको टेम्पो दुर्घटना हुँदा ५५ वर्षीया हरिमाया तुम्रोकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा फिदिम ६ की वसन्ती लिम्बू, फिदिम ६ का सन्देश लिम्बू, फिदिम ७ का कुशल लिम्बू र चालक दीपक लिम्बू घाइते भएका छन् ।
उनीहरूको फिदिमस्थित समर्पित अस्पताला उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post