विराटनगर : मोटरसाइकल चोरी गरेर भारततर्फ लैजाँदै गर्दा धरानका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बूढीगंगा गाउँपालिका २ टंकी चोकबाट प्रहरीले मोटरसाइकलसहित चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ८ का २१ वर्षीय सुमन विक रहेका छन् ।
मोरङ प्रहरीका प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा ८६ प ६०८ नम्बरको २ सय सीसीको एनएस मोटरसाइकल शंका लागेपछि चेकजाँचका लागि प्रहरीले रोकेको थियो ।
धरानबाट चोरी गरेको मोटरसाइकल भारत लैजाँदै गर्दा प्रहरीले फेला पारेको हो ।
धरान ७ का सुजन राईले घरमै पार्किङ गरेर राखेको मोटरसाइकल बुधबार चोरी भएको थियो । पक्राउ परेका विकको साथबाट प्रहरीले आई फोन सेभेन मोबाइल समेत बरामद गरेको छ ।
पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post