पाँचथर : पाँचथरको फिदिम नगरपालिका २ओदिनस्थित मेची राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
ओदिनबाट फिदिमतर्फ जाँदै गरेका झापाको बिर्तामोड नगरपालिका ८ मेथीबारी घर भएका २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको हो ।
उनले चलाएको प्र १–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइसडकबाट अन्दाजी ५ मिटर तल झरेर दुर्घटना भएो थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई जिल्ला प्रहरी कार्यालय पाचँथरबाट खटिएको प्रहरीको टोलीले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post