पाँचथर : पाँचथर सडकखण्ड अन्तरगत फिदिम नगरपालिका २ साम दिनमा मंगलबार भएको ट्याक्सी दुर्घटनामा मृत्यु हुने यात्रुको संख्या तीन पुगेको छ ।
पछिल्लो पटक ताप्लेजुङ मिक्वाखोला ५ पापुङकी इसेटिमा सेर्पाको निधन भएसँगै यो सङ्ख्या बढेको हो ।
झापाको बी एण्ड सी अस्पतालको आइसियुमा उपचाररत उनलाई चिकित्सकले बिहीबार बिहान २ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलनजङग थापाले पुष्टि गरे ।
दुर्घटनामा यसअघि फिदिम नगरपालिका १० की ४० वर्षीय सविना विश्वकर्मा र ताप्लेजुङको मैवाखोला १ ढुङगेसाँगुका ४५ वर्षीय जितेन्द्रमणी विक्रम वनेमको निधन भएको थियो ।
झापादेखि फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सी मेची राजमार्गको फिदिम सडकखण्ड अन्तरगत फिदिम २ मा दुर्घटना भएको थियो ।














Discussion about this post