इटहरी : सुनसरीको हरिनगरा गाउँपालिका ४ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बरको स्कारपियोले ठक्कर दिँदा एक वृद्वको मृत्यु भएको छ ।
दक्षिणबाट उतरतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको सेतो कलरको भारतीय स्कारपियोले हरिनगरा ५ का ७० वर्षीय बच्चालाल मेहतालाई ठक्कर दिएर फरार बनेको थियो ।
ठक्करबाट घाइते बनेका मेहतालाई उपचारको लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको थियो । उपचारका क्रममा राति ९ः५० बजे मेहतालाई डाक्टरले मृत घोषणा गरेका थिए ।
फरार स्कारपियोको खोजी थालिएको ट्राफिक प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post